
Kokroma featured in Nepali News
Kokroma featured in the Nepali Publication
This article is available only in Nepali.
महिला उद्यमीका कथा
कोक्रो भन्नासाथ तपाईं के सम्झिनु हुन्छ? साना नानीबाबुलाई सुताएर हल्लाउने झोलुंगो, होइन त!
आज हामी त्यस्तै क्रोक्रो बनाउने नेपाली ब्रान्डका बारेमा कुरा गर्दैछौं। ब्रान्डको नाम हो- कोक्रोमा।
यसले कोक्रो मात्र बनाउँदैन, नानीबाबुलाई न्यानो पार्न चाहिने लुगा बनाउँछ। दौरासुरूवाल, पजामा (टिसर्ट-सुरूवाल), टोपी, पञ्जा, मोजा र यस्तै अन्य आवश्यक सामग्री अनि तोरीको सिरानी पनि।
यी सामान उत्पादन गरेर बेच्ने काम गर्छिन् काठमाडौंकी ३८ वर्षीया रेवती गुरुङ। उनले यसरी व्यवसाय गरेको तीन वर्ष भयो। यस अवधिमा उनले कोक्रोमा ब्रान्ड विकास गरिसकेकी छन्।
कोक्रोमाले भर्खर जन्मेका बच्चादेखि सात वर्ष उमेरसम्मका केटाकेटीका लागि लुगा उत्पादन गर्छ। यिनको मूल्य सय रूपैयाँदेखि चार हजार रूपैयाँसम्म पर्छ।
---
ENGLISH
Stories of Women Entrepreneurs
What comes to mind when you hear the word "kokro"? A hammock that cradles little babies and toddlers, right?
Today we are talking about a Nepali brand that makes such a crocro. The brand name is Kokroma.
It not only makes crocro, but also makes clothes to keep babies warm. Daurasuruwal, pajamas (T-shirt-suruwal), hats, gloves, socks and other necessary items, and even mustard pillows.
Revati Gurung, 38, from Kathmandu, produces and sells these items. She has been in business for three years. During this time, she has developed the Kokroma brand.
Kokroma produces clothes for children from newborns to seven years old. Their prices range from 100 rupees to 4,000 rupees.
Read the article in Nepali here: Kokroma-Setopati



